निजगढ,निजगढ नगरपालिका वडा नम्बर ७ वडा कार्यालयको सहयोगमा साहसी महिला समुह संस्थाले निजगढमा तीज पर्वको अवसरमा आइतवार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

संस्थाकी उपाध्यक्ष शान्ति नेपालको सभापतित्वमा भएको सो कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । उपप्रमुख थिङ्गलेदीप प्रज्वलनगरि कार्यक्रमको उद्धाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै उपप्रुमख थिङ्गले तीज नेपाली महिलाहरुको महत्वपुर्ण र विशेष पर्व भएको बताउनुभयो । उहाँले हरितालिका तीज नेपालीको मौलिक पर्व र सांस्कृति धरोहर भएकोले यसको महत्व र गरिमालाई जोगाइ राख्नुपर्नेपनि बताउनुभयो ।

उपप्रुमख थिङ्गले तीज पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि निराहार ब्रत बसेर भगवान शिव–पार्वतीको पूजा आराधना गर्ने भएकोले तीजले नेपाली समाजमा विद्यमान लैगिंक तथा वर्गीय विभेद र सबै किसिमका असमानताहरूको अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाएर सम्मुन्नत समाजको निर्माणमा लाग्न सबैलाई उत्प्रेरित गरोस भन्ने शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा राप्रपाकेन्द्रीय कार्यसम्पादन समितिकी पूर्वसदस्य सावित्री भारती, निजगढ नगरपालिका वडा नम्बर ७ की वडा सदस्य रेणुका घिमिरे, कविता लामा, दिलबहादुर पुलामी मगर, निजगढ नगरपालिका कार्यपालिकाकी पूर्वसदस्य जगतकुमारी अधिकारी, जनसरोकार संस्थाकी हिरालक्ष्मी लामा, समाजसेवी टिकामाया लामा, जनहित सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष चन्द्रीका पुलामी मगरलगायतका सहभागी रहेका थिए ।

Leave a Reply