बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानामा एक युवक मृत अवस्थामा फेला परेका छन्।
स्थानीय ३० वर्षीय बिरेन्द्र माझीको शव विशेष आर्थिक क्षेत्र ९सेज० स्थित खेतको कुलोमा फेला परेको हो। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार शनिबार बिहान खेतमा काम गर्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
पारिवारिक स्रोतका अनुसार ट्र्याक्टर चालकका रूपमा काम गर्दै आएका माझी शुक्रबार साँझ घरबाट बाहिरिएका थिए। त्यसपछि उनी मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार घटनास्थलमा नयाँ कपडासहितको झोलासमेत फेला परेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा घटनापछि मृतककी श्रीमती सम्पर्कमा नरहेको खुलेको प्रहरीले जनाएको छ।
घटनाको वास्तविक कारण खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

















