वीरगंज, साउन ५– वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य भन्दा ५ अर्ब ६८ करोड रुपैयाँ कम राजश्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७६र७७ का लागि ४१ अर्ब ८८ करोड ५ लाख ४ हजार रुपैयाँ लक्ष्य पाएकोमा ३६ अर्ब १९ करोड ७३ लाख ९५ हजार रुपैयाँ राजश्वमाात्र संकलन गरेको हो ।
भन्सार महसुलतर्फ १९ अर्ब २२ करोड ९० लाख ४८ हजार लक्ष्य पाएकोमा १६ अर्ब ५८ करोड ९९ लाख ४१ हजार संकलन गरेको छ । मूल्य अभिवृद्धि करतर्फ १९ अर्ब ४० करोड ६ लाख २६ हजार लक्ष्य पाएकोमा १७ अर्ब १४ लाख २९ हजार, अन्तःशुल्कतर्फ ३ अर्ब २५ करोड ८ लाख २९ हजारको लक्ष्यमा २ अर्ब ४३ करोड २ लाख ७० हजार र सडक निर्माण दस्तुरतर्फ १७ करोड ५७ लाख ५ हजार राजस्व संकलन गरेको भन्सार कार्यालयले जनाएको छ ।
लक्ष्य भन्दा कम राजश्व संकलन भएपनि अघिल्लो आर्थिक वर्ष ०७५÷०७६ मा भन्दा झण्डै ४ अर्ब बढी राजश्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षमा कार्यालयले ३२ अर्ब २५ करोड ३१ लाख ४९ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।