सिमरा,पथलैया तेक्वान्दो डोजाङ र होली तेक्वान्दो डोजाङका जुनियर खेलाडीलाई शनिवार ग्रेडिङ प्रदान गरिएको छ । बारा जिल्ला तेक्वान्दो कार्यसमितिले दुवै डोजाङका खेलाडीलाई ग्रेडिङ प्रदान गरेको हो ।

पथलैयामा आयोजित ग्रेडिङ परिक्षा कार्यक्रममा ६४ जना जुनियर खेलाडी सहभागी थिए । बारा जिल्ला कार्यसमितिका अध्यक्ष चित्रबहादुर लामाको उपस्थितीमा ग्रेडिङ परिक्षा सम्पन्न भएको थियो ।

ग्रेडिङ कार्यक्रममा नेपाल तेक्वान्दो संघ मधेस प्रदेशका महासचिव राजकुमार लामा, पर्सा जिल्ला खेलकुद परिषदका प्रमुख बिजय शाह ठकुरी, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैयाको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कल्याण आले, प्रध्यानाध्यापक शम्भु मण्डल, होली गार्डेन इङलिस् स्कुलका प्रिन्सिपल भुवन राईलगायतको उपस्थिति रहेको थियो ।

ग्रेडिङ कार्यक्रममा तेक्वान्दो प्रशिक्षक पवन श्रेष्ठ, पार्वती बस्नेत, डोजाङ प्रमुख उदयराज पाण्डेले प्राविधिक सहयोग गरेका थिए । कार्यक्रमको सहजीकरण भुवन थापाले गर्नुभएको थियो ।

Leave a Reply