गत भदौ २३ र २४ गते नेपालमा ठूलो विद्रोह भयो जसले देशको धेरै जसो स्थान तहसनहस भयो भने त्यसैका जगमा बिहीबार प्रतिनिधि सभाको चुनाव पनि भयो र लगभग राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाइ मत ल्याउने तयारीमा छ ।

यहीबीचमा त्यो घटनाका विषयमा छानबिनका लागि काम चलाऊ चुनावी सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा एक छानबिन आयोग बनाएको थियो र त्यो आयोगले आफ्नो प्रतिवेदन सरकारलाई आइतबार बुझाएको छ । यो आयोगले प्रतिवेदन चुनाव अगाडि नै बुझाउन चाहेको थियो तर चुनावको माहौल बिग्रिएला भनेर सायद बुझाएन ।

आइतबार बुझाइएको प्रतिवेदन सार्वजनिक त भइसकेको छैन तर तत्कालिन समयमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई मुख्यतः दोषी करार गरेको कुरा सार्वजनिक नै भइसकेको छ ।देशको चुनावी मार्हौलले पनि केपी र लेखकहरुलाई अप्ठेरो पार्ने संभावना उत्तिकै छ । रास्वपाले एमालेका विरुद्धमा ठूलै अभियान बिगतमा संचालन गरेकै हो । मुख्यतः केपी ओली प्रधानमन्त्री हुदा रवि लामिछानेले जेल चहार्न परेको थियो ।

अब यही प्रतिवेदनको अधारमा कम्तीमा ओलीमाथि रास्वपाको सरकार खनिने चैं निश्चित छ । सरकारले प्रतिवेदन कार्यान्वयनको कुरा पक्कै गर्नेछ । अब त्यो घटनामा केहीले भनेको जतो बालेन साह वा स्वयम् लामिछानेकै विषयमा केही बोलेको भएपनि त्यो अब क्षम्य हुनेछ वा गराइनेछ । जसरी रविलाई सहकारी ठगीको आरोपमा जेल हालियो त्यसरी नै कम्तीमा केपी र रमेश लेखकहरुलाई चैं जेल पठाइने छ यति कुरा चैं बुझौं, हालका लागि ।

Leave a Reply