काठमाडौं तराई मधेस दुर्तमार्ग देशकै महत्वपूर्ण गौरवको योजना हो । करिब एक दशक अगाडिबाट शुरु भएको यो मार्गको हालसम्मको भौतिक प्रगति करिब ३० प्रतिशत जति मात्रै छ ।बीचमा ठेकेदारहरुले जिम्मा लिएपनि काम नगरेपछि अहिले यसको निर्माण सम्बन्धि कार्यको व्यवस्थापकीय जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । त्यसो त सेनाले जिम्मेवारी लिएको पनि लामै समय भएको छ । यद्यपि सेनाले जिम्मेवारी लिएपछि मात्रै यो मार्ग निर्माणमा कामको गति बढेको हो । नत्र भने यो मार्ग केवल सपना जस्तो मात्रै थियो । अब चैं नेपाली जनतालाई यो मार्ग बन्ला भन्ने आश नेपाली सेनाले जगाइ दिएको छ ।

सुरुङ्ग मार्गको केही काम पनि भएका छन् । फेरि सेनाका अर्का उपरथीलाई यसको जिम्मेवारी दिइएको छ । सेनाले हात हालेको कुरा समयमा सम्पन्न गर्छ भन्नेमा यस क्षेत्रका नागरिकहरु बढी आशावादी छन् । सेनाले कामको जिम्मा लिएपछि अनियमितता कम होला र काम बढी होला भन्ने नै नागरिकहरुको अपेक्षा हो ।

यो चाहनामाथि सेनाले विश्वासघात नगरोस् । अहिले तोकिएको समय सीमाको कुरा गर्ने हो भने २०८३ को चैतसम्ममा यो बाटो बनाउनुपर्ने छ । समयका हिसावले त अब धेरै दिन बाँकी पनि छैन । करिब साढे दुई वर्षभित्रमा यसको निर्माण सम्पन्न गरिसक्नुपर्ने हुन्छ । यो सफलता हासिल गर्न सेनाका लागि निक्कै ठूलो चुनौती छ । कतै कुनै ठूलो बाधा अड्चन आएन भने यो काम समयमा नै पूरा गर्न सेना सफल पनि होला । नत्र फेरि निर्धारित समयमा काम सम्पन्न हुनेछैन ।

Leave a Reply