निजगढ,जिल्ला बाराको निजगढ नगरपालिका वडा नम्बर १३ मा जारी मानेचोक फुटबल प्रतियोगितामा आयोजक मानेचोक २–० को अन्तरले पराजित भएको छ ।मानेचोक फुटबल क्लबद्वारा आयोजित पाँचौ सस्करणको उक्त खेलमा मानेचोकले फ्याफुल्लासंग क्वाटरफाईनलमा हार बेहोरेको हो । मंगलवार घरेलु मैदानमा स्थानीय दर्शकमाझ भएको खेलमा मानेचोकले फुआफुल्लाविरुद्ध सन्तोषजनक प्रदर्शन गर्न सकेन ।मानेचोकले पहिलो हाफमै दुई गोलले पछाडि परेको थियो । फ्याफुल्लाको भने यो पहिलो जित हो । खेलको पहिलो हाफको शुरुमा फ्याफुल्लाका स्विन बोम्जनले एक गोल गरेको थिए । मध्यान्तर अघिको अतिरिक्त समयमा फ्याफुल्लाका विशाल थिङ्गले अर्को गोल थप्दै अग्रता दोब्बर परेका थिए ।
खेलको म्यान अफ द म्याच फ्याफुल्लाको सविन बोम्जन घोषित भए । उनलाई निजगढ वडा नम्बर १३ का वडा सदस्य सुर्यबहादुर थोकरले ट्रफी हस्तान्तरण गर्नुभएको थियो ।सो खेलको मुख्य रेफ्रीको भूमिका सियाराम गिरो, सहायक रेफ्रीमा अजय गुरो र रामकृष्ण गुरोले निभाएका थिए ।

Leave a Reply