निजगढ, ६ भदौँ– निजगढ नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा सुमनकुमार कार्की आउनुहुने भएको छ ।

हाल रौतहटको चन्द्रपुर नगरपालिकाका कार्यरत कार्कीलाई नेपाल सरकार संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले गत बिहिबार निजगढ नगरपालिकामा सरुवा गरेको हो ।

यसअघि निजगढमा कार्यरत विशकसेन ढकालको सिन्धुलीको कमलामाई नगरपालिकामा सरुवा भएपछि नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्की निजगढ नगरपालिकामा आउनु लाग्नुभएको हो । कार्की नेपाल सरकारको उपसचिव तहका कर्मचारी हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here