सेढवा,पर्सा प्रहरीले पर्सागढी नगरपालिकाबाट ४ थान सालको गोलिया बरामद गरेको छ ।नगरपालिकाको वडा नम्बर ३ झाब्राहास्थित आमोदेबि मन्दिर प्राङ्गणबाट ४ थान सालको गोलिया बरामद गरेको हो । लुकाई छिपाई राखिएको अवस्थामा ४ थान सालको गोलिया काठ बरामद गरेको प्रहरीले जनाएको छ ।काठ तस्करहरुले रातको समयमा सबैया साझेदारी वन क्षेत्रबाट कटान गरि राखेको सूचना प्रहरीलाई आएको थियो । सोही सूचनाको आधारमा वडनिहार प्रहरी चौकीका ईन्चार्ज हरेराम प्रसाद कुर्मीको कमाण्डमा खटिएको टोलीले उक्त काठ बरामद गरेको हो ।

Leave a Reply