कलैया,फेटा गाउँपालिका वडा नम्बर ४ मा गढीमाई साझेदारी वन व्यवस्थापन उपभोक्ता समूह समिति गठन गर्नका लागि सात जना प्रतिनिधिको नाम सर्वसम्मतले चयन गरिएको छ ।वडा अध्यक्ष वकिल यादवको अध्यक्षतामा भएको भेलाले महिला सदस्यमा गायत्री देवी, लालमुनी यादव, दलित सदस्यमा प्रेमचन्द्र पासवान, मधेसीमा राम भरोसा महतो धानुक, वीरेन्द्र महतो धानुक, गणेशजीप्रसाद कलवार र सुरेन्द्र साह कलवारको नाम चयन गरिएको छ ।वन नियमावली २०७९ को नियम ५६ को उप नियम १० को “क” बमोजिम वडा नम्बर ४ को नेपाल राष्ट्रिय विद्यालय फुलवरियामा बसेको भेलाले सात जनाको नाम सर्वसम्मतले चयन गरेको वडा अध्यक्ष यादवले जानकारी दिनुभयो ।

















