कोल्हबी,बारा जिल्लाको कोल्हबी नगरपालिकास्थित पातालगंगा सिमसार क्षेत्रको संरक्षण गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने भएको छ ।जिल्लाको महत्वपूर्ण सिमसार क्षेत्रको रुपमा रहेको कोल्हबी नगरपालिका वडा नम्बर २ स्थित पातालगंगा सिमरासार क्षेत्रको संरक्षण गरेर पर्यापर्यटकीय क्षेत्रको रुपमा विकास गर्न संघीय सरकारको ४८ करोडको लगानीमा ताल निर्माण गर्न लागिएको हो ।

पातालगंगा पानीका मुहानहरू बाह्रै महिना नसुक्ने र १ दर्जन बढी कुलो तथा खोल्साहरू भएको ठाउँ हो । यहाँको पानी प्रयोग गरेर बारा र रौतहटका विभिन्न पालिकाका किसानले सिँचाई सुविधा लिदैआएका छन ।
२ सय ५७ हेक्टरमा फैलिएको यो तालको संरक्षण गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न हाल डीपीआर तयार भएर प्रदेश वन मन्त्रालय पठाइएको डिभिजन वन कार्यालय बाराका डिएफओ विनोद सिंहले जानकारी दिनुभयो । तालको प्रारम्भिक काम सुरु गर्न चालु आर्थिक वर्षमा संघीय वन मन्त्रालयबाट २० लाख बजेट निकासा भइसकेको उहाँले जानकारी दिनुभयो ।
तामागढी– सिम्रौनगढ सडक खण्डको झुरझुरे गाउँ नजिक राष्ट्रिय वन क्षेत्रभित्र रहेको पातालगंगा दुर्लभ वन्यजन्तु र चराचुरुङ्गीहरूको बासस्थानका साथै जैविक विविधताले भरिपूर्ण छ । यो तालमा वन्यजन्तुहरु पानी पिउन र प्रजनन गर्न आउने गरेका छन ।पर्याप्त जैविक विविधता रहेको यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले बताउनुभयो । फोटो पनि छ ।

Leave a Reply