केही दिन अगाडि मात्रै मित्र राष्ट्र श्रीलंकाको घटनाको बिषयमा बिश्वको ध्यान नै केन्द्रित भएको छ । आर्थिक रुपमा धरासायी बनेको श्रीलंकाको सवालमा बिश्वको ध्यान केन्द्रित भए पनि त्यहाँका सरकार संचालकहरुले समेत आफूले हालीमुहाली गर्दै आएको शासन छाड्न परेको छ । नेपालमा पनि यो दिन आउनेमा कुनै सन्देह नभएको नेताहरुले नै बताएका छन् ।

देश आर्थिक रुपमा कमजोर भएकै अवस्थामा अहिले नेपालमा अर्थमन्त्रालय मन्त्री बिहिन बनेको छ । हुनत यसको जिम्मेवारी प्रधानमन्त्रीले लिएका छन् तर यो प्रधानमन्त्रीकै भरमा छाड्ने मन्त्रालयले भने होइन । तत्कालिन अर्थमन्त्रीको बर्हिगमनपछि अब अर्को मन्त्रीको व्यवस्था गर्न आवश्यक छ ।

पहिलाका अर्थमन्त्री दोषी भए त फरक कुरा निदोष नै भए पनि अब उनलाई फेरि अर्थमन्त्रीको रुपमा तत्ककाल ल्याउन आवश्यक छैन । उनको कार्यकालमा अर्थ जगत भने जसरी राम्रो नभएकै हो । त्यसैले उनले गरेको कर्तुत पनि सार्वजनिक भएका छन् । अब तत्काल नयाँ राम्रो बुझेको व्यक्तिलाई अर्थमन्त्रालयको जिम्मेवारी दिन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here