निजगढ,निजगढ नगरपालिकामा रहेको निजगढ महिला बचत तथा ऋण सहकारी सस्थाले स्थापनाको १६ औं बार्षिकोत्सवको अवसरमा निजगढ वडा नम्बर ४ मा रहेको मानव कल्याण समाजलाई मंगलवार विभिन्न सामग्री सहयोग गरेको छ ।सहकारी संस्थाले समाजलाई १५ थान झुल, तीन जोर महिलाले लगाउने टिसर्ट र ट्राउजर तथा पुरुषले लगाउने १२ थाने टिसर्ट हस्तान्तरण गरेको हो । सहकारी सस्थाकी सस्थापक अध्यक्ष तथा निजगढ नगरपालिकाकी पूर्वनगर उपप्रमुख लिलादेवी लामिछाने खनालको विशेष उपस्थितिमा निजगढ नगरपालिका वडा नम्बर ५ कि वडा सदस्य आशा चौलागाई, वडा नम्बर ६ कि वडा सदस्य आशा श्रेष्ठ, सस्थाकी अध्यक्ष शोभा राउत, उपाध्यक्ष मिरा पोखरेल, सचिव ललिता सापकोटा, कोषाध्यक्ष किरण श्रेष्ठ लगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो ।कार्यक्रममा सस्थाका संचालक समिति सदस्य, लेखा समिति सदस्य, ऋण उपसमितिका सदस्य तथा संस्थाका शेयर सदस्य, कर्मचारीह एवं निजगढ नगरपालिका वडा न ४ मा रहेका सस्थाको समुहमा अवद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको सहकारी सस्थाकी अध्यक्ष शोभाकुमारी राउतले जानकारी दिनुभएको छ ।त्यसैगरी मंगलबार साँझ स्थापना दिवसको अवसरमा निजगढ ८ स्थित आफ्नै कार्यालय भवनमा दीप प्रज्वलन गरिएको उपाध्यक्ष मिरा पोखरेलले बताउनुभएको छ ।निजगढमा महिलाहरुद्वारा महिलाहरुकै लागि संचालित सो सहकारीले स्थापना दिवसको अवसरमा संस्थाद्वारा सन्चालित गार्मेन्ट उद्योगबाट उत्पादन गरिएको सामग्रीमा २० प्रतिशत छुट दिने व्यवस्था समेत मिलाएको उपाध्यक्ष पोखरेलले जानकारी दिनुभएको छ ।
२०६३ सालमा दर्ता भई निरन्तर सेवा दिदै आएको सहकारी सस्थाको हाल निजगढ नगरपालिकाको वडा नम्बर ८ मा निर्माण भएको तिन तले पक्की भवन रहेको छ भने सस्थामा हाल १ हजार १ सय ९५ जना शेयर सदस्यबीचमा कारोबार गर्दै आएको छ ।

Leave a Reply