सिमरा,प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेमाथि भएको दुव्र्यवहारको घटनाले त्रास बढाएको र कार्यालयमा काम गर्ने वातावरण नभएकोभन्दै बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका कर्मचारीहरुलेसोमवारबाट गर्ने भनिएको पेनडाउन रोकिएको छ ।

नगर प्रमुख राजन पौडेलले सोमवार विज्ञप्ति निकालेर आगामी दिनमा कर्मचारीहरुमाथि कुनै पनि किसिमको अर्मादित कार्य हुननदिने प्रतिवद्धता जनाएपछि कर्मचारीहरुले कार्यालयको काम सुचारु पारेका हुन । नगर प्रमुख पौडेलले विज्ञप्तिमार्फत अवस्थालाई सहज बनाउन तथा सेवा प्रवाहमा कुनै किसिमको अवरोध पुग्ने कार्य नगर्न तथा नगराउनसमेत सम्बद्ध सबै पक्षसंग आग्रह पनि गर्नुभएको छ ।

यसअघि आइतवार सुरक्षाको प्रत्याभुति दिलाउन माग गर्दै नगर प्रमुख राजन पौडेललाई ज्ञापनपत्र बुझाएर सोमवारबाट पेनडाउन गर्ने जनाएका थिए ।गएको बिहिवार प्रमुख प्रशासकिय अधिकृत काफ्लेमाथि केही जनप्रतिनिधिहरुले दुव्र्यवहार गरेको भन्दै कर्मचारीहरुले आफूहरुअसुरक्षित बनेकोबताएका छन । जनताको सेवामा खटिंने कर्मचारीहरुबीच बढ्दै गएको असुरक्षाले सेवा प्रवाह कमजोर बन्ने ज्ञापनपत्रमा उल्लेख गरिएको थियो ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख पौडेलले कार्यालय तथा कर्मचारीको सुरक्षाको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउँदै पेन डाउन गरेर नगरवासीको सेवा पाउने अधिकारलाई कुण्ठित नपार्न आइतवार नै गर्नुभएको आग्रहको बाबजुद कर्मचारीहरुले पेन डाउन गर्ने निर्णय गरेका हुन ।कार्यालयले गत महिना वडा सचिवहरुको जिम्मेवारी हेरफेर र सरुवा गरेपछि असन्तुष्ट बनेका वडा अध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृत काफ्लेको कार्यकक्षमा पुगेर कर्मचारी सरुवाको निर्णय बदर गर्न दवाव दिएका थिए । सोही क्रममा वडा नम्बर १४ की वडा अध्यक्ष चयन गुरुङ्गले अधिकृत काफ्लेले एकलौटी रुपमा गरेको कर्मचारी सरुवाको निर्णय फिर्ता लिनुपर्ने अन्यथा आफै सरुवा भएर जान भनेपछि काफ्लेले तपाई पनि वडा अध्यक्षबाट राजिनामा दिनुस भनेर जवाफ फर्काउनुभएको थियो ।

प्रशासकीय अधिकृतले वडा अध्यक्षको राजिनामा मागेपछि थप आक्रोशित बनेका जनप्रतिनिधिहरुले जनताबाट निर्वाचित भएर आएका मान्छेहरुको राजिनामा माग्ने तपाई को हो भन्दै ¥याख¥याति पारेका थिए । सोही विषयमा जीतपुरसिमराका उपप्रमुख भोलाप्रसाद अधिकारीसहित वडा अध्यक्षहरुले २ दिनअघि पत्रकार सम्मेलनमार्फत प्रमुख प्रशासकीय अधिकृत काफ्लेले जनप्रतिनिधिमाथि अपशव्द प्रयोग गरेकोभन्दै आलोचना गरेका थिए ।

Leave a Reply