कलैया,राष्ट्रिय युवा संघ बाराले शनिवार कलैयामा जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कलैयास्थित करणराज होटेलको पार्टी प्यालेसमा सो कार्यक्रम सम्पन्न भएको हो । संघका बारा जिल्ला अध्यक्ष राम यादवको अध्यक्षता र केन्द्रिय सदस्य सिता सुबेदीको प्रमुख आतिथ्यमा भएको सो भेलाले आगामी निर्वाचनमा जिल्लाका चार वटै निर्वाचन क्षेत्रबाट एमाले र जसपाका उम्मेदवारलाई बिजय गराउन ३०५ मतदान केन्द्र बुथ सुरक्षा कमिटी गठन गरी युवा परिचालन गर्ने निर्णय गरेको छ ।

निर्वाचन क्षेत्रहरुमा हुने पार्टीको हरेक कार्यक्रमलाई व्यवस्थित पार्नको लागि जिम्मेवारी बाँडफाँड समेत गरिएको युवा संघका केन्द्रिय सदस्य तथा बारा जिल्ला ईन्चार्ज तिलक घलानले बताउनुभयो ।

घलानका अनुसार बारा क्षेत्र नम्बर १ मा ईराज कोईराला, क्षेत्र नम्बर २ मा सुनिल यादव, क्षेत्र नम्बर ३ मा राम यादव र क्षेत्र नम्बर ४ मा भावना आचार्यको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार एवम् परिचालन कमिटी समेत गठन गरिएको छ ।

त्यसैगरी क्षेत्र नम्बर १ को क मा प्रशान्त लामा, क्षेत्र नम्बर १ को ख मा शनि गुप्ता, क्षेत्र नम्बर २ क मा रौशन यादब, २ कै ख मा शैलेन्द्र यादव, क्षेत्र नम्बर ३ क मा शशि दास, क्षेत्र नम्बर ३ ख मा सदाहम अन्सारी, क्षेत्र नम्बर ४ क मा आयुब खान र क्षेत्र नम्बर ४ कै ख मा दिपेश कुशवाहाको संयोजकत्वमा मतदान केन्द्र तथा बुथ सुरक्षा कमिटी समेत गठन गरिएको छ ।

Leave a Reply