जनकपुरधाम,मधेस प्रदेश सरकारले संघले प्रहरी समायोजन नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।
जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधवार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले बिहिवार प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने र त्यसको ३० दिनभित्र प्रहरी समायोजन नगरे आन्दोलन गर्ने चेतावनी दिनुभएको हो ।प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउन मुख्यमन्त्री यादवको नेतृत्वमा विभिन्न राजनीतिक दलका प्रतिनिधि सम्मिलित एक टोली टोली बुधवार नै काठमाडौं जाने बताइएको छ ।मुख्यमन्त्री यादवले संविधान बनेको ८ वर्ष भइसकेको र प्रदेश सरकार गठन भएको समेत ६ वर्ष भइसक्दा पनि प्रदेशको एकल अधिकारको रुपमा रहेको प्रहरी समायोजन नभएको बताउनुभयो ।मुख्यमन्त्री यादवले प्रधानमन्त्रीलाई यसबारे पटकपटक ध्यानाकर्षण गराए पनि सम्बोधन नभएको र ज्ञापन पत्र बुझाएर आन्दोलनमा जानुपर्ने बाध्यता आएको बताउनुभयो ।

Leave a Reply