तत्कालिन बिद्रोही माओवादीले संचालन गरेको सशस्त्र संघर्ष वा जनयुद्ध दिवस बिहीबार देशभर मनाइएको छ । जनयुद्ध दिवस मनाइरदा २०५२ साल फागुन १ गतेलाई पनि स्मरण गर्न आवश्यक छ । जनयुद्धको नेतृत्व गरेका तत्कालिन माओवादीका अध्यक्ष र हालका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) पटक पटक सत्ताको नेतृत्वमा पुगेका छन् । तर,जनयुद्धको शुरु भएको २५ बर्ष सम्ममा पनि पीडितहरुको अवस्थामा सुधार आएको छैन ।

 

 

 

हो,जनयुद्धले यो देशको मुक्तीकामी परिवर्तनका लागि ठूलो परिवर्तन ल्याएको हो । यो देश आज संघीय लोकतान्त्रिक गणतन्त्र हुनुमा जनयुद्ध मुख्य साधक हो तर जनयुद्ध जेका लागि भनिएको थियो,त्यो हराएको छ । हराएको मात्रै होइन गायब नै बनाइएको छ । जनताको नौलो जनाबाद र माओवादी केवल हात्तीको देखाउने दाँत मात्रै बनेको छ । पीडितहरुको परिवार अझैपनि बलिन्द्रधारा आँशु बगाउदै हिँड्न बाध्य छन् ।

 

 

 

 

 

अनि जनयुद्ध दिवस मनाएर ती महान शहिदप्रति अपमान भएको छैन ? यो क्रन्तिमा सँगसँगै रहेकाहरु आज चार धुब्रमा बिभाजित छन् के यही थियो र जनयुद्धको उद्देश्य ?जनयुद्धमा चेलीमाथि बलात्कार गर्नेहरु,शहिद परिवारमाथि बर्बर गर्नेहरु अझैपनि सत्ताको स्वार्थमा छन् । शासन बर्गामा छन् । तिनैको सलामी खाँदै तत्कालिन बिद्रोहीका नेताहरु हिँडिरहेका छन् । के यही थियो र जनयुद्धको सपना ?यही हो र शहिदको उद्देश्य ? एक पटक गम्भीर भएर सोचौं नत्र पेरु,चीनमा भएको जस्तो प्रतिक्रान्तिकारी नजिन्मिएका भन्न कहाँ सकिन्छ र ? अब जनयुद्ध साधक हो कि घातक हो पुष्टी हुन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here