कृपा संवाददाता
निजगढ – निजगढ नगरपालिका १२ बुङ्गजोरस्थित डाँडामा गुम्बा बनाउने बिषयमा तपस्वी रामबहादुर बम्जनका अनुयायीहरुको वोधिश्रवण धर्मसंघ र बौद्धमार्गीहरुबीच लामो समयदेखि चल्दै आएको विवाद अन्त्य हुन सकेको छैन । दुबै पक्षले उक्त स्थानमा आफ्नो धर्मको नाममा संरचना निर्माण गर्न पाउनु पर्ने भन्दै ४ महिना देखि विवाद गर्दै आएका छन ।

 

 

 

 

 

बौद्धमार्गीहरुले आवश्यक सबै कानुनी प्रकृया पुरा गरि ‘श्रीसंघ राब्तेनलिङ्ग बौध गुम्वा बनाउने कार्य अघि बढाई रहेकै बेला बोधी श्रवण धर्म संघका अनुयायीहरुले अवरोध सृजना गरेपछि दुबै पक्षबीच विवाद चल्दै आएको हो । निर्माण कार्यमा अवरोध पुर्एको भन्दै बोधी श्रवण धर्म संघका बौध गुम्वा निर्माण समितिका अध्यक्ष वीर बहादुर थिङ्गले बोधी श्रवण धर्म संघ बाराका अध्यक्ष राजु साह, दिलबहादुर बमजन, वेद बहादुर थिङ्ग विरुद्ध वडा कार्यालय, निजगढ नगरपालिका, वडा कार्यालय, इलाका प्रहरी निजगढ र जिल्ला प्रशासन बारामा समेत उजुरी दिएका छन ।

 

 

 

 

 

उजुरी परेसंगै रतनपुरी प्रहरी चौकीले विवाद मिलाउन भन्दै दुबै पक्षलाई भेला गराई गत पुष २ गते छलफल गराएको भएपनि सहमति हुन सकेको छैन । दुबै पक्षले जिल्ला प्रशासन कार्यालय कलैयमा गएर मात्र सहमति गर्दै अडान राखेपछि स्थानीय प्रहरीले सहमति जुटाउन नसेको हो । बोधी श्रवण धर्मसंघका अनुयायीहरुले गु्म्बा निर्माण कार्यको प्रत्यक्ष रुपमा विरोध नगरेको भएपनि उनीहरुले बौध गुम्वा बनाउन नदिने प्रपञ्च गर्दै आएको राब्तेलिङ्ग बौध गुम्वा निर्माण समितिका अध्यक्ष वीर बहादुर थिङ्गको भनाई छ ।

 

 

 

 

 

 

उता आफुहरुले बौध मार्गीको गुम्वा बनाउन कुनै अवरोध, विवाद र प्रपञ्च नरचेको बोधी श्रवण घर्म संघ बाराका अध्यक्ष राजु साहले बताउनुभयो । बुङ्गजोरस्थित घर भएका तपस्वी भनिएका रामबहादुर बम्जन र उनका अनुयायीहरुले पछिल्लो समय बोधिश्रमवण धर्म संघको नाममा छुट्टै धर्मको प्रचारसमेत गर्दै आएका छन ।

Leave a Reply