कृष्ण मोहन साह

सेढवा,पर्साको जीराभवनी गाउँपालिका वडा नम्बर २ मा बिहीबार ६० घर परिवारलाई राहत सामग्री वितरण गरिएको छ । सामाजिक अभियान्ता प्रकाश थारुको पहलमा आवर संसार नेपालको समन्वयमा राहत सामग्री बितरण गरिएको हो ।

कार्यक्रममा आवर संसारका कोर्डिनेटर मुकेश साह र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट महादेवपट्टीका सशस्त्र प्रहरी निरीक्षक केदार राईको उपस्थितिमा सेढवाका सुकुम्वासी, मुसहर बस्ती टोलीमा राहत वितरण गरिएको सामाजिक अभियान्ता थारुले जानकारी दिनुभयो । सो अवसरमा प्रतिपरिवार २५ किलो चामल, ५ किलो पिठो, ३ किलो मुसुरोको दाल, एक किलो चना, सयाबिन, एक लिटर खाने तेल, ५ पिस लुगा र नुहाउने साबुन सहित माक्स लगायत वितरण गरिएको पनि थारुले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here