कलैया,बाराको पचरौता नगरपालिकाका एकजना वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।नगरपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष कन्हैयालाल यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।सडकले छोएको जग्गालाई नछोएको भनी सिफारिस दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । वडा अध्यक्ष यादवले साविक बेलदारी गाविस– ४ को कित्ता नम्बर १७३ को सडकले छोएको जग्गालाई नछोएको भन्दै सिफारिस दिएको अख्तियारको दाबी छ ।

उनको सिफारिसका कारण उक्त जग्गा खरिदकर्ता र बिक्रीकर्ताले तिर्नुपर्ने रजिस्ट्रेसन शुल्क र पुँजीकर लाभकर वापत राज्यकोषमा ८ लाख ११ हजार ९५१ रुपैयाँ घाटा भएको अख्तियारले बताएको छ ।अख्तियारले वडा अध्यक्ष यादव, जग्गा बिक्रीकर्ता विद्या यादव र खरिदकर्ता बृजकिशोरप्रसाद यादव र अवध किशोर यादविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । वडा अध्यक्ष यादव जनता समाजवादी पार्टीबाट निर्वाचित भएका हुन ।

Leave a Reply