आरके राजन
सिम्रौनगढ,सिम्रौनगढमा विषाक्त माछा खाँदा मृत्यु भएका तीन जना बालबालिकाको परिवारलाई मधेस प्रदेश सभा सदस्य राजपती देबी जयसवालले आर्थिक सहयोग गर्नुभएको छ ।बारा क्षेत्र नम्बर १ (२) बाट मधेस प्रदेश सभा सदस्य जयसवालले पीडित परिवारको घरमा पुगेर बिहीवार मृतकका बुवा नरेश राम र आमा उमा देबीलाई एघार हजार रुपैयाको चेक हस्तान्तरण गर्नुभएको हो ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ का नरेश रामका ९ वर्षीया छोरी लालिमा राम, सात वर्षीया पुष्पा राम र पाँच छोरा वर्षीय कृष्ण रामको गत आइतवार ज्यान गएको थियो । गाउँको माछा पोखरीबाट घरमा ल्याएर पकाएको माछा र खाना खाएर सुतेका तीनै जना बालबालिकाको उपचारको क्रममा ज्यान गएको थियो । उपचारका क्रममा उनीहरुको आइतवार मृत्यु भएको हो ।

चेक हस्तान्तरण कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य एकवाली राय यादव, एमाले सिम्रौनगढ नगर कमिटी अध्यक्ष महेन्द्रप्रसाद जयसवाल, जिल्ला कमिटी सदस्य सियाराम कुशवाहा, धु्रब कुशवाहा, किशोरी महतो, शुदामा देबी, गुड्डु रामलगायत स्थानीय भद्रभलादमीहरुको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply