मंगलबार साँझतिर काठमाडौंमा तत्कालिन नेकपाका बहुसंख्यक सदस्य अथवा केपी ओली बाहेकका सदस्यहरुको भेटबार्ता भएको खबर सार्वजनिक भयो र उनीहरुबीचको यो भेटको खबरले विभिन्न संचार माध्यममा राम्रै स्थान पनि पाएको देखिन्छ । हिजो नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालिन नेकपा सचिवालय सदस्यहरु बाहेक सो भेटबार्तामा हालै जसपाबाट निकालिएका बावुराम भट्टराई पनि सहभागी थिए ।

स्थानीय तहको चुनाव हालै सकिएको छ । काँग्रेस सहितका केही कम्यूनिष्टहरुको गठबन्धनका कारण धेरै ठाउँमा सफलता हासिल गरेको गठबन्धनमा सहभागीहरुको तर्क रहे पनि लगभग एक्लै चुनावी मैदानमा उत्रिएको एमालेले पनि आफू कमजोर नभएको बताएको छ । करिब चार वर्षअगाडि पनि कम्यूनिष्ट एकता भयो तर लामो समय टिकेन ।

अब फेरि अर्को संसदीय चुनाव आउदै गर्दा यसको बहस भएको छ तर अब कम्यूनिष्ट एकताको तत्काल अर्थ छैन । कम्यूनिष्ट एकता भत्काउने अहिलेका नै नेता हुन् । यिनीहरुका बीचमा एकता भैहाले पनि फेरि टिक्ने संभावना छैन । बावुराम राजनीतिका असफल पात्र हुन । उनलाई बोक्दा पनि अर्थ छैन । त्यसैले तत्कालका लागि त चुनावी तालमेलका लागि मात्रै उचित होला ।

Leave a Reply