हुन त शीर्षक नै यसरी कडा रुपमा लेखिदा अहिले आन्दोलनमा रहेका भनिएका मिटर ब्याजीहरुको चित्त दुख्न पनि सक्छ । उनीहरुको भावनामा ठेस पु¥याएको र उनीहरुको अपमान गरेको जस्तो पनि लाग्न सक्छ ।बारा जिल्लामा मिटर ब्याजी केहीको समस्या समधान भएको पनि खबर आएको छ तैपनि देशभरका केही मिटर ब्याज पीडित भनिएकाहरु भने अहिले काठमाडौंमा छन् र उनीहरुले आन्दोलन गरिरहेका छन् ।

सबैभन्दा पहिला त मिटर ब्याजी भनेका को हुन भन्ने विषयमा कुरा बुझ्न जरुरी छ । रकम ऋणमा दिएर, चर्को ब्याज असुल गर्ने अनि अझै कतै कतै त जग्गा नै हडप्ने व्यक्तिहरु नै मिटर ब्याजी हुन्् भनिएको छ ।
अब पीडितको कुरा गरौं, ऋण नलिने व्यक्ति यसरी पीडित हुने कुरै आएन । अब मुख्य कुरा के हो भने ऋण लिएर नतिर्ने अनि मिटर ब्याजी भयो भनेर हिँड्नेको जमात अहिले धेरै देखिएको छ ।वास्तवमा मिटर ब्याज पीडितहरुका लागि नै सरकारले करिब एक वर्षअगाडि नै एक अध्यादेश जारी गरेर उनीहरुको भावनाको संबोधन गरेको छ । तैपनि मिटर ब्याजी पीडित भनिएकाहरुलाई चित्त बुझेको पाइदैन । जसले गर्दा उनीहरुको नियतमा शंका गर्ने ठाउँ देखिन्छ । त्यो भनेको उनीहरु ऋण तिर्न चाहदैनन् भन्ने पनि हो ।

हो, जसले थोरै रकम ऋण दिएर चर्को ब्याज मात्रै होइन स्याज पनि असुल गरेको छ भने त्यसलाई कारबाही हुनुुपर्दछ । कति पढेलेखेका व्यक्तिहरुलाई किर्ते कागजमा सहीछाप गर्न लगाएर रकम लिएका पनि छन् उनीहरु दोषी हुन् यसमा शंका नै छैन तर सबैले त्यसो गरेका पनि छैनन् । कतिले त चलनचल्तीको ब्याजमा ऋण पनि दिएका छन् र उनीहरुले न त साँवा न त ब्याज पनि पाएको अवस्था छ । उनीहरु पनि त पीडित हुन् नि ? त्यसैले काठमाडौंमा जात्रा गर्ने मिटर ब्याजी पीडित भनिएका सबै पीडित छैनन् जो छन्, उनीहरुले भने न्याय पाउनुपर्छ तर यसरी तमासा गरिरहनु चैं राम्रो होइन ।

Leave a Reply