पुष्पराज खतिवडा

मनहर्वा,नेपाली युवाको मोवाईल ह्याक गरी ठगी गर्ने मनसायले २५ लाख रुपैंयाको चिठ्ठा परेको म्यासेज हजारौं जनाको मोवाईलमा पठाइएको खुलेको छ ।

भारतीय नम्बरबाट बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतरा बस्ने २८ बर्षिय अमलेस यादवको ह्वाट्एपमा गत बिहिबार बिहान २५ लाख प्राप्त हुने भनी म्यासेज आएको हो ।

म्यासेजका विषयमा बुझ्दै जाँदा उताबाट पठाईएको एनीडेक्स (ईन्टरनेटको माध्यममा एउटा फोनबाट जँहासुकैको अर्को फोन चलाउन सकिने प्रविधि) ईन्स्टल गर्न भनियो । सोही अनुसार यादवको मोवाईलमा पनि एनीडेक्स ईन्स्टल भयो । चिठ्ठा परेको खबरले खुसी रहेका यादव त्यतिबेला छाँगाबाट खसे जस्तो हुनुभयो जब उहाँको मोवाईलमा गालीसहित फोनको घण्टी बज्न थाल्यो । ‘बिहिबार बिहान भारतीयसँग कुरा भयो, साँझबाट गालीगलौजको फोन र म्यासेज आउन थाल्यो ।’ उहाँले सुनाउनुभयो । ‘पैसा आफैं राखेर बैनी दे भन्ने सम्मका म्यासेज आयो, उहाँले भन्नुभयोे यस्तो होला भन्ने सोचेको पनि थिइन ।’ एनीडेक्सका बारेमा जानकारी नभएको बताउने यादवले आफ्ना दाजु हृदयनारायण यादवलाई सबै कुरा सुनाउनुभयो । दाजुको सल्लाह अनुसार ईलाका प्रहरी कार्यालय चिउटाहमा पुगेर घटनाको जानकारी गराएको उहाँले बताउनुभयो । ‘घटनापछि निकै ठुलो तनावमा छु, म के गरौं ।’ आईतबार दिउसो जिल्ला प्रहरी कार्यालय बारा परिषरमा भटिएका यादवले भन्नुभयो । ईलाका प्रहरी कार्यालयका चिउटाहाको सुझाब अनुसार यादब जिल्ला प्रहरी कार्यालय बाराको क्राईम विभागमा सम्पर्क राख्न आउनुभएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ श्रीपुरका श्रीलाल यादव समेतको ह्वाट्सएपमा २५ लाखको चिठ्ठा परेको भन्दै यस्तै म्यासेज आएको थियो । उहाँकै जानकारीमा म्यासेज गर्ने नेपाली नम्बरमा सम्पर्क गर्दा मोवाईल ह्याकमा परेको थाहा भएको हो । आफ्नो मोवाईल ह्याक गरी दुरुपयोग भएको बताउने यादवले के कति जनालाई चिठ्ठाको म्यासेज गयो थाहा नभएको बताउनुभयो । ‘हजारौंमा गएको हुन सक्ने अनुमान छ, उहाँले भन्नुभयो, त्यो कुराले २ दिनदेखि तनावमा छु, राती निन्द्रा लागेको छैन ।’

‘ठगी गर्ने मनसायले भारतीयले मलाई प्रयोग गरेका रहेछन्, उहाँले भन्नुभयो, ठगी धन्दाबारे आफुलाई पनि भर्खरमात्रै थाहा भयो ।’ ह्वाट्सएप र माध्यमबाट आउने यस्तोे सूचनाको पछाडि नलाग्न सबैमा अनुरोध छ । उहाँले भन्नुभयो । आफनो फोनबाट भ्रामक म्यासेज पाउनेहरु सबैसंग यादवले क्षमा माग्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here