बारा,जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले आइतवार घरेलु मदिरा उत्पादन गर्ने भट्टी र कच्चा पदार्थ नष्ट गर्ने कार्यलाई निरन्तरता दिएको छ ।प्रहरीले जिल्लाको फेटा गाँउपालिका वडा नम्बर १, प्रसौनी गाँउपालिकाको वडा नम्बर १ र २ मा अवस्थित पाँच वटा भट्टी नष्ट गरेको हो । भट्टी नष्ट पार्ने क्रममा १० हजार लिटर कच्चा पदार्थ समेत नष्ट गरिएको प्रहरीले जनाएको छ ।प्रहरीले मदिरा उत्पादन गर्न प्रयोग हुने मेसिन र भाडा समेत नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाराले पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा संचालनमा रहेको अवैध भट्टी नष्ट पार्ने क्रमलाई तिव्रता दिदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here