नविन चौधरी

वीरगन्ज,पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेले तिन जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

पार्टीको केन्द्रीय निर्देशन अनुसार मंगलवार क्षेत्र नम्बर १ का संयोजक लालबाबु शेखको अध्यक्षतामा बसेको बैठकले जुनैद अन्सारी, ईस्लाम हवारी र बश्रुुद्धिन अन्सारीको नाम सिफारिस गरिएको एमाले वीरगन्ज महानगर कमिटी सचिव सुन्दर कुर्मीले जानकारी दिनुभयो ।

बैठकले समानुपातिकतर्फ श्याम बन्जारा, केसी लामिछाने, प्रभु हजरा, निर्मला देवकोटा, डा. विशम्भरकुमार शर्मा, बाबुराम कौशिक, उर्मिला श्रेष्ठ, मेघराज पासवान, उर्मिला शर्मा र रञ्जु फुयालको नाम सिफारिस गर्ने निर्णय गरिएको बताइएको छ ।

 

Leave a Reply