निजगढ,समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य एवंम सिमराका पत्रकार बेद भट्ट पनि नेकपा एमाले निकट प्रेस चौतारीमा प्रवेश गर्नुभएको छ ।पत्रकार भट्ट आइतवार काठमाण्डौंस्थित चौतारीको केन्द्रीय कार्यालयमा पुगेर चौतारीमा प्रवेश गर्नुभएको हो । उहाँलाई चौतारीका अध्यक्ष गणेश बस्नेत र हालैमात्र चौतारीमा फर्किनुभएका समाजवादी प्रेस संगठनका अध्यक्ष बिश्वमणी सुबेदीले खादा ओडाएर स्वागत गर्नुभएको थियो । भट्ट लामो समयदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

चौतारी प्रवेश गरेपछि भट्टले आफ्नो सामाजिक संजाल फेसबुकमा आजको मितिबाट म औपचारिक रुपमा प्रेस चौतारी नेपालमा आबद्ध भएको भनेर लेख्नुभएको छ ।आफू आबद्ध रहेको समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष बिश्वमणी सुवेदी चौतारीमा फर्किएपछि आफू पनि चौतारीमा नै समाहित भएको उहाँले उल्लेख गर्नुभएको छ ।यसअघि गत शुक्रवार समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणीसहित नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदीलगायतको टोली चौतारीमा फकिएको थियो ।

Leave a Reply