सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ वडा कार्यालयले वार्षिक सर्वपक्षीय भेला आयोजना गरेको छ ।
आर्थिक वर्ष २०८०÷८१ को वार्षिक योजनाको बारेमा वडाबासीहरुलाई जानकारी गराउन कार्यालयले वार्षिक सर्वपक्षीय भेलाको आयोजना गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष हरिदेव खरेलले चालु आर्थिक वर्षमा वडा, नगर र प्रदेश स्तरीय गरी ६ करोड ६२ लाखको काम गर्न सफल भएको बताउनुभयो । उहाँले वडाको २ करोड ३ लाख, नगरको २ करोड ६४ लाख, प्रदेसको १ करोड ३५ लाख र राष्ट्रपति चुरे संरक्षणको ६० लाख बजेट गरी करिब ६ करोड ६२ लाख योजनाको काम गराउन सफल भएको जानकारी दिनुभयो ।वडा अध्यक्ष खरेलले आफ्नो वडामा कृषि, शिक्षा, जनचेतनाका साथै स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको जानकारी गराउनुभयो । साथै टाँगीयाबस्तिका जनताका लागि काम गर्ने क्रममा धेरैजसो योजना विभिन्न कानुन अवरोधका कारण गर्न नसकेको र त्यसको पहल गर्ने कामअगाडि बढेको जानकारी गराउनुभयो ।

Leave a Reply