नेपालमा धेरै धर्म र समूहको बसोवार छ । त्यसो त सनातन हिन्दुधर्मका पनि बिभिन्न हाँगाहरु छन् । यसैमा बाराको निजगढमा आजबाट श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव तथा श्रीमद भागवत ज्ञान महायज्ञ शुरु हुदैछ । झट्ट हेर्दा यो सामान्य जस्तो भएपनि यसको समाजमा निकै ठूलो महत्व छ ।यसले निजगढको प्रचार मात्र होइन, धार्मिक पर्यटक पनि भित्राइनेछ र पर्यटन प्रबद्र्धन पनि हुनेछ । सात दिनसम्म चल्ने सो महोत्सवको तयारीको क्रममा रंगिचङ्गी बिजुली बत्ति, ध्वजापत्तासहितको साजसज्जा गरेर मन्दिर परिसर दुलही झै सिंगारिएको छ भने निजगढका विभिन्न स्थानमा ठूलाठूला स्वागत द्वारहरु समेत निर्माण गरिएका छन र यसले पर्यटनलाई नै बढावा दिने हो ।

महोत्सव सफल पार्न स्थानीयले घर, आँगान, सडक र सार्वजनिक स्थलहरुको सरसफाइ गरेर मन्दिर परिसर चिटिक्क पार्दा शहर यसैपनि सफा हुने नै भयो । महोत्सवको भारतको नवतनपुर धामका आचार्य कृष्णमणी महाराजीले उद्धाटन गर्ने कार्यक्रम छ ।महोत्सवमा भारतको नवतनपुर धामका आचार्य कृष्णमणी महाराजीसहित महामंगलपुरीधाम सूरजका सूर्यनारायण दासजी र मंगलधाम सिक्कीमका श्री ५ भाष्कर महन्तश्री पनि सहभागी हुने भएपछि यसले निजगढको धार्मिक पर्यटन प्रबद्र्धन पक्कै हुनेछ ।

धर्मका माध्यामबाट पनि आम्दानी गर्न सकिन्छ नै र यो यस्तै कार्यक्रमहरुमा हुने नै हो । वीरगञ्जबाट नै आउने हुँदा यस क्षेत्रकै प्रचार पनि हुनेछ ।श्रीकृष्ण प्रणामी निजानन्द सम्प्रदायका प्रमुख ३ ठूला धाममध्ये भारतमा रहेको नवतनपुर तथा महामंगलपुरी सूरज र मंगलपुरी सिक्कीम सबैभन्दा ठूलो र पवित्र तीर्थ स्थल मानिन्छ ।महोत्सवमा नै श्रीमततारम सागर १०८ पारायणको पनि आरम्भ हुने छ । बुधबार नगरपालिकाले नै सार्वजनिक बिदा दिएर स्थानीय सरकार यो धार्मिक यात्रामा संगै रहेको सन्देश पनि दिएको छ । स्थानीय सरकारको उद्देश्य भनेको पनि धार्मिक प्रर्यटन प्रवद्धन गर्ने नै हो । त्यसैले यस्तोमा सबैले यो वा त्यो धर्म नभन साथ दिँदा सबैको फलीफाप नै हुनेछ ।

Leave a Reply