रौतहट ।लामो समयदेखि सामाजिक सुरक्षा र बालपोषण भत्ताको रकम नपाएर पीडित बनेका लाभग्राहीलाई रौतहटको गुजरा नगरपालिका कार्यालयमा आइतवार तालाबन्दी गरेका छन ।एनआईशी एशिया बैकले लामो समयदेखि सामाजिक सुरक्षा भत्ताबापतको रकम वितरण नगरी थन्काएर राखेपछि पीडितले रकम माग गर्दै नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन ।

रौतहटको गुजरा नगरपालिकाकाको सिमरा भवानीपुरमा रहेको एनआईसी एशिया बैकले एक वर्षदेखिको बालपोषण भत्ता वितरण गरेको छैन भने गत असार ११ गते बैकको खातामा जम्मा भएको सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई वितरण नगरेर बैकमै थन्काएको छ ।भत्ता पाउन ढिलाइ भएको भन्दै ज्येष्ठ नागरिकहरुले भने नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन ।रा नगरपालिकाको तथ्याक अनुसार ३ हजार ३ सय ज्येष्ठ नागरिक र बालपोषण भत्ता बुझ्नेको संख्या ५ हजार ४ सय रहेको छ । ज्येष्ठ नागरिकको भत्ताको लागि नगरपालिकाले गत असार ११ गते ५ करोड बैकमा जम्मा गरेको थियो भने बालपोषणको लागि ९४ लाख रुपैया बैकमा रहेको छ ।

एनआईशी एशिया बैकका म्यानेजर सदेउ प्रवेजले तालिका प्रकाशन हुन ढिलाइ भएकाले भत्ताको रकम वितरणमा ढिलो भएको बताउनुभयो ।पालिकाले त्रैमासिक रुपमा लाभग्राहीको भत्ताको रकम बैकमा जम्मा गरिदिने गर्दछ तर बैकले भने रकम वितरण गर्नुको साटो होल्ड गरेर व्यवसायीलाई लगानी गर्ने गरेको आरोप यसअघि पनि लाग्दै आएको थियो । गुजरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय नारायाण देवकोटाले लाभग्राहीले समयमै भत्ता रकम पाउन भनेर बेलामै भत्ता रकम बैकमा जम्मा गर्ने गरेको बताउनुभयो । तर लामो समयदेखि बैकले वितरण नगर्दा ज्येष्ठ नागरिकहरु नगरपालिका कार्यालयप्रति आक्रोशित भएका छन ।

Leave a Reply