निजगढ,निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा बाल क्लब गठन गरिएको छ ।कक्षा ८ मा अध्ययनरत प्रथम विद्यार्थी अफ्रोज खानको अध्यक्षतामा भएको विद्यार्थीहरुको भेलाले खानकै अध्यक्षतामा १५ सदस्यीय विद्यालय स्तरीय बाल क्लब गठन गरेको हो ।

क्लबको उपाध्यक्षमा काजल महोत, सचिवमा सुमन रौनियार, सहसचिवमा शुभम् सापकोटा तथा कोषाध्यक्षमा आशिका सुनार चयन हुनुभएको छ । विद्यालयका प्रधानाध्यापक उमेशकुमार स्वर्णकार प्रमुख अतिथि रहनु भएको कार्यक्रममा विद्यार्थीहरुलाई बाल क्लब, क्लब गठन गर्नुको उद्देश्य, क्लबले गर्नसक्ने कामहरु लगायतको विषयमा जानकारी गराइएको थियो ।

विद्यालयका प्रधानाध्यापक स्वर्णकारले बाल क्लब बालबालिकाको प्रतिभा तथा व्यक्तित्व विकास गर्ने सुनौलो अवसर भएको भन्दै यसबाट अघि बढ्न सुझाव दिनुभयो । बाल अधिकारको बारेमा सचेत हुँदै कर्तव्यको बारेमा पनि जिम्मेवार हुनुपर्ने उहाँको भनाई छ ।
विद्यालयमा शैक्षिक सुधारदेखि हरेक क्षेत्रमा सुधार गर्दै लगिरहेको भन्दै प्रधानाध्यापक स्वर्णकारले गुणस्तरीय सिकाइ, अतिरिक्त क्रियाकलाप तथा बालबालिकाको प्रतिभा प्रष्फुटनका लागि विद्यालय सधैँ अग्रसर रहेको जानकारी गराउनुभएको थियो ।विद्यालयले वार्षिक शैक्षिक कार्यपात्रो निर्माण गरिसकेको भन्दै नियमित अतिरिक्त क्रियाकलाप गर्ने बताउनु भयो । बाल क्लबको सदस्यहरुमा आदित्य रौनियार, अग्रज श्रेष्ठ, सागर स्वर्णकार, रोशन साह, युनि जिम्बा, श्रृष्टि राई, प्रतिक भण्डारी, हिमानी चौलागाईँ, किरण कुमारी जैसवाल र दिपिका केसी रहनु भएको छ ।बाल क्लब गठन कार्यक्रममा विद्यालयका शिक्षकहरु हरिशण सुवेदी, किरण श्रेष्ठ, अम्बिका घिमिरे, कल्पना आचार्य, रुपेश भट्टराई, निशा लामा, सुरेन्द्र सुवेदी, दुर्गा बजगाई लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजकिरण शिक्षक टेकराज भण्डारीले गर्नुभएको थियो ।

Leave a Reply