वीरगञ्ज,वीरगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा होली मिलन समारोह सम्पन्न भएको छ । बिर्तास्थित संघको हरिप्रसाद गिरी सभा हलमा बुधवार होली मिलन समारोह सम्पन्न भएको हो ।

नेपालीहरुको महान पर्व फागूपूर्णिमा तथा होलीको अवसरमा आपसमा शुभकामना आदानप्रदान तथा भाइचारा र आत्मियताको विकास गर्ने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष अनिलकुमार अग्रवालले बताउनुभयो ।

होली मिलन समारोहमा चितवनको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित हरी ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुवोधकुमार गुप्ता, नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, निवर्तमान अध्यक्ष गणेशप्रसाद लाठ, उद्योगी व्यवसायी, राजनीतिकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरी गौतमले जानकारी दिनुभयो ।

चाडवाडमा जमघट हुँदा एकअर्कामा शुभकामना साटासाटसँगै सुख दुःख तथा भलाकुसारी हुने हुँदा संघले हरेक वर्ष होली पर्वको पूर्वसन्ध्यामा मिलन समारोहको आयोजना गर्दै आएको संघका उपाध्यक्ष माधव राजपालले बताउनुभयो ।

Leave a Reply