हेटौंडा – विदेशबाट आएकाहरुको हेटौंडा उपमहानगरपालिकाको वडारवडामा नै ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको छ । उपमहानगरपालिकाले साेमबार हेटौंडा ९ मा १८ जनाको ¥यापीड टेष्ट गरिएको मेयर हरिबहादुर महतले वताउनुभयो । टेष्ट गरिएकाहरु सवैको रिपोर्ट नेगेटिभ आएको उहाँले वताउनुभयो । १८ जना मध्य चार जना महिलाको ¥यापीड टेष्ट गरिएको थियो ।

 

 

 

आइतबार हेटौंडा उपमहानगरपालिकाका १६, १७ र १८ नम्बर वडा कार्यालयमा आरडीटी गरिएको थियो । तीन वडामा ७ जना महिलासहित ४० जनाको आरडीटी गरिएको थियो । ४० जनाको नेगेटिभ आएको थियो । विदेशबाट आएकाहरुको सबै वडामा नै पुगेर आरडीटी गर्न उपमहानगरपालिकाले समन्वय गरिरहेको मेयर हरिबहादुर महतले बताुभयो ।

 

 

 

 

उपमहानगरपालिका भए पनि केही वडाहरु भने दुर्गम रहेका छन् । त्यस्तै वडाका मानिस विदेश गएर फर्केका छन् । यसैगरी हेटौंडा उपमहानगरपालिकाले हिँडेरै घर जान लागेकाहरुलाई चार दिनदेखि हेटौंडामा खाना खुवाउन थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here