पुष्पराज खतिवडा

मनहर्वा,मधेस प्रदेशका उर्जा, सिँचाई तथा खानेपानीमन्त्री सिंगासन सा कलवारले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ स्थित बडहर्वा खानेपानीको अधुरो योजनाको निरीक्षण गर्नुभएको छ ।बुधवार अपराहन्न जनता समाजवादी पार्टी मधेस प्रदेशका अध्यक्ष एवं पूर्वसंघीय सांसद रामबाबु कुमार यादवको अगुवाईमा मन्त्री कलवारले अधृुरो योजनाको निरीक्षण गर्नुभएको हो ।बडहर्वामा ओभर हेड ट्याङ्की निर्माण भएर पनि बजेट अभावमा लामो समयसम्म खानेपानी योजना संचालनमा आउन छैन । संघीय सरकारले २०७२ सालमा सुरु गरेको योजनाको काम रेखदेख २०७४ पछि प्रदेशको जिम्मामा आएको थियो । तत्कालिन मनहर्वा गाविस भरि करिव २ हजार घरधुरीमा खानेपानी पु¥याउने गरी सुरु भएको योजना लामो समयदेखि अलपत्र परेको स्थानीय उपभोक्ता समितिका अध्यक्ष हुतराज ढुँगानाले मन्त्री समक्ष गुनासो गर्नुभयो ।खानेपानी योजनाको निरीक्षणमा आउनुभएक मन्त्री कलवारले योजना संचालनमा आउने गरी बजेटको ब्यवस्था गर्ने बताउनुभयो । “मन्त्रालयकै बजेट घटेर आएको छ । अघिल्लो वर्ष ८५ करोड सशर्त बजेट दिएको संघीय सरकारले यस वर्ष घटाएर ४४ करोड पठायो । यस्ता योजना प्रदेशभरि ३७८ वटा छन् । सबै अधुरा नै छन् । सबै योजना एकै पटक हेर्न सक्ने अवस्था त छैन । यद्यपि यसलाई प्राथमिकतामा राख्छु र चाँडै संचालनमा ल्याउने गरी बजेट ब्यवस्थापन गर्नेछु ।” उहाँले भन्नुभयो ।संघीय सरकारले सुरु गरेका खानेपानी योजना प्रदेशमा हस्तान्तरण गरेपनि बजेट नदिँदा कतिपय स्थानका कार्यक्रम केहि वर्ष अलत्रप परेको भन्दै मन्त्री कलवारले यस वर्षबाट त्यस्ता योजनामा बजेट पठाईएको बताउनुभयो ।यस्तै पूर्वसंघीय सांसद रामबाबु कुमार यादवले प्रदेश सरकारले जनताका काममा प्राथमिता दिनुपर्ने बताउनु भयो । प्रदेश सरकार पनि जनताको स्थानीय सरकार हो । जनताका समस्या समाधानमा यो सरकारले काम गर्नु पर्ने हुन्छ । बारा जिल्लाको क्षेत्र नं.३ मा सिँचाईको ठुलो समस्या छ । सिँचाई अभावमा किसानले बाली लगाउनसक्ने अवस्था छैन । आधा दर्जन खानेपानी योजना अधुरा छन् । यस विषयलाई प्राथमिता दिन मन्त्रालयसंग आग्रह गर्दछु ।’ उहाँले भन्नुभयो ।अधुरो योजना निरीक्षणका लागि मन्त्री कलवार, पूर्वसांसद यादवसहित संविधानसभा सदस्य प्रमोद गुप्ता, पूर्वप्रदेश सभा सदस्य पारसप्रसाद साह, जसपा केन्द्रीय सदस्य भरत खड्का लगायतको सभागिता रहेको थियो । निरीक्षणमा आउनुभएका खानेपानी मन्त्री कलवारलाई स्थानीयले चाँडै खानेपानी योजना संचालनमा ल्याईदिन अनुरोध गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here