दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको बारागढी गाउँपालिका खोपवाको सभा हलमा कृषि ईकाई शाखाले आयोजना गरेको माटो शिविर तथा ल्याब व्यवस्थापन सम्बन्धी १ दिने गोष्ठी सम्पन भएको छ. ।गाँउपालिका समाजिक विकास समितिको संयोजक एवम् वडा नम्बर ५ का वडा अध्यक्ष मैनेजर चौधरीको अध्यक्षता र गाँउपालिकाकी उपाध्यक्ष लक्ष्मी देबी रायको प्रमुख अतिथ्यतामा भएको सो गोष्ठीमा माटोविज्ञ रामदुलार यादवले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

गोष्ठीमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेशकुमार ठाकुर गाँउकार्यपालिका सदस्य रेणु देबी जयसवाल, धनमन्ती मलाहिन, सुरेश राम, युगवती राम, वडा वडा नम्बर २ का वडा अध्यक्ष जोगिन्द्र साह कलवार, वडा नम्बर ३का वडा अध्यक्ष उमेशप्रसाद साह, वडा नम्बर ६ का वडा अध्यक्ष निरजकुमार साह, कृषि शाखा प्रमुख, हिमान्सुकुमार फौजदार, कार्यालयका नायब सुब्बा अभिषेक चौधरी, कृषि प्राविधिक प्रदिपकुमार साहलगायत पालिकामा कार्यरत विभिन्न शाखाका प्रमुख तथा सञ्चारकर्मीहरु दिपेन्द्र जयसवाल, राजन चौधरी र स्थानीय कृषकहरु विशेष उपस्थिति रहेको थियो ।

Leave a Reply