निजगढ,जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न मुद्दाका फरार ५ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।जिल्ला अदालतबाट लागु औषध मुद्दामा १० महिना २१ दिन कैद र ५ हजार जरिवाना फैसला सुनाइएका निजगढ नगरपालिका १२ का ३५ वर्षिय सन्तबहादुर लुङ्गवासहित २ जनालाई नियन्त्रणमा लिएर अदालतमा बुझाएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार पक्राउ पर्नेमा जिल्लाको सिम्रौनगढ नगरपालिका १० का ४२ वर्षिय अनुठा पंडित, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ वर्ष २१ का बिसुराज थापा र सोही स्थानका निकेश थिङ्ग र वर्ष २१ का पासाङ्ग वाइवा रहेका छन ।वारदात पश्चात फरार रहेका प्रतिवादीहरूको खोज तलास गर्ने क्रममा उनीहरुलाई आज पक्राउ गरिएको नायब उपरीक्षक घलले जानकारी दिनुभयो ।

Leave a Reply