काठमाडौ – बारा जिल्लामा निर्माण हुन लागेको दोस्रोअन्तर्राष्ट्रिय बिमानस्थल निजगढको काम कुनै पनि बहानामा रोकिनु नहुने पर्यटन मन्त्री योगेश भट्टराई सङगको भेट्मा बाराका सरोकारवालाहरुले बताएका छन। आज राजधानीमा भेट गर्दै उनिहरुले सो कुरा बताएका हुन ।
उनिहरुले दोस्रो अन्तर्राष्ट्रिय निर्माणमा सहयोग गर्न बाराजिल्ला बासी र सरोकारवालाहरु एकताबद्ध भएको समेत जानकारी गराएका थिए । सो अबसरमा मन्त्री भट्टराईले बिमानस्थल मुलुकको समृद्धि ,भाग्य,भबिस्य र युबाहरुको रोजगारी संग जोडिएकोले यसलाइ अगाडी बडाउन सरकार प्रतिबद्ध रहेको स्पस्ट पार्दै आगामी दिनमा समेत सयोगकोलागी आग्रह बताउनु भयो ।
सो अबसरमा पुर्ब मन्त्री पुर्शोत्तम पौडेल,नेकपाका केन्द्रीय सदस्य अच्युत मैनाली,संविधान सभाका सदस्य जयराम दहाल,जितपुरसिमरा सार्बजनिक सरोकार समितिका संयोजक मनोज पौडेल,टागियाबस्ती सरोकार समितिका सम्योजक रमेस सापकोटा,कोल्हबी सरोकार समितिका संयोजक ढुन्डिराज उप्रेती,अधिबक्त्ता रामकृष्ण काफ्ले,बिकास बिद ड.द्वारिका उप्रेती,नेेकपाका नेताहरु रामबाबु यादब,शिबरिजाल लगायतको सहभागिता रहेको थियो ।