निजगढ,निजगढ नगरपालिकाको नगर सभाको चौधौं अधिवेशनको दोश्रो बैठक बुधवार सम्पन्न भएको छ ।निजगढ नगरपालिकाका प्रमुख तथा नगरसभाका अध्यक्ष सुरथ पुरीज्यूको अध्यक्षतामा नगर कार्यपालिकाको कार्यालयमा भएको सो बैठकले उपप्रमुख सोममाया थिङले प्रस्तुत गरेको निजगढ नगरपालिकाको आर्थिक वर्ष २०८१-०८२ को बिनियोजन बिधेयक (बार्षिक बजेट, कार्यक्रम) तथा विविध प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

नगर सभाको समापन गर्दैै नगर प्रमुख पुरीले नगरको सर्वाङ्गिण विकासको लागि नगरसभाबाट पारित बजेट प्रभावकारी कार्यान्वय गर्नु सबै नगरसभा सदस्यहरुको जिम्मेवारी भएको बताउनुभयो ।बिनियोजन बिधेयकको समर्थनमा नगरसभा सदस्य एवंम निजगढ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन, वडा नम्बर ५ का वडा अध्यक्ष सुर्यबहादुर थापामगर र कार्यपालिका सदस्यसमेत रहनुभएकी फुलमाया बलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बिधेयकमाथि नगरसभा सदस्यहरु केशव अधिकारी, मेघबहादुर वाईवा, कुमार मुक्तान, सागर गौतम र दिपक न्यौपानेले सुझाव दिनुभएको थियो । नगरसभा सदस्यहरुको सुझावपछि नगर प्रमुख सुरथ पुरीले सभामा निर्णायार्थ पेस गर्नुभएको बिनियोजन बिधेयक तथा विविध प्रस्तावहरु सर्वसम्मतबाट पारित भएको थियो ।नगर सभा सचिव एवम प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले नगरसभाबाट पारित बिधेयक कार्यान्वयनको लागि सबै सदस्य र नगरपालिकाका कर्मचारीहरुले इमान्दारिताकासाथ काम गर्नुपर्ने बताउनुभयो । उहाँले नगरमा सुशासनसहित पारदर्शी र गुणस्तरीय काम गर्न गराउन जनताले निर्वाचित गरेर पठाएको कुरा नगरसभा सदस्यहरुले सदैब स्ममरण गर्नुपर्ने कुरामा जोड दिदै नगरसभा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो ।

Leave a Reply