मनोज शाह
जीतपुर,जीतपुरको बन्दनानगरमा गगन बचत ऋण सहकारी संस्था लिमिटेडको शाखा बिहीवार उद्घाटन भएको छ । सहकारीको तेस्रो शाखाको रुपमा संस्थाका संचालक राजेश राय यादवले रिबन काटेर कार्यालय उद्धाटन गर्नुभएको हो ।
सहकारीले दैनिक बचत,मासिक बचत, अवधिक बचत, व्यक्तिगत बचत, व्यावसायिक बचत,समूह कर्जा तथा बचत योजना र कर्जा योजनाहरु व्यापारिक कर्जा, लघुवित्तकर्जा, सिक्योइ कर्जा, व्यक्तिगत कर्जा,हायर पचेडा कर्जा, लघुवित्त समूह जस्ता स्किम योजना संचालन गरिने संस्थाका सचालक यादवले बताए । पर्सा जिल्लाको वीरगन्ज, पोखरिया, जीतपुर बन्दनानगर शाखा रहेको छ ।
संस्था उद्घाटनमा संचालक कोषाध्यक्ष प्रदिपकुमार लोहार,फिल्ड म्यानेजरमा रुपनारायण प्रसाद, कार्यक्रम निर्देशक प्रदिपकुमार गुप्ता, शाखाका म्यानेजर प्रिंयक चौधारी, बजार प्रतिनिधि तथा संस्था कार्मचारीलगायतको सहभागीता रहेको थियो ।