वीरगञ्ज,पर्साको पटेर्वा सुगौली गाँउपालिकाबाट वनगस्ती टोलीले ठूलो परिमाणमा सालको काठसहित तीन थान साइकलपनि बरामद गरेको छ ।जमदार अर्जुन चौधरीको नेतृत्वमा खटिएको वन गस्ती टोलीले पटेर्वा सुगोली गाउँपालिका वडा नम्बर २ विश्रामपुर टोल हुँदै बेलवा जाने सडक खण्डबाट आइतबार बिहान ४ बजेतिर तीन थान सालको चिरान काठसहित ३ वटा साईकल बरामद गरेको हो । राष्ट्रिय वनबाट तस्करहरुले साइकलमा लोड गरेर ल्याँउदै गरेको काठ वनगस्ती टोलीले बरामद गरेको हो ।तस्करहरु भने वनगस्ती टोलीलाई देखेपछि काठसहितको साइकल छोडेर फरार भएको जमदार चौधरीले बताए । बरामद काठ र साइकल सब डिभिजन वन कार्यालय रंगपुरमा राखिएको रेन्जर कपिलदेव यादवले जानकारी दिनुभयो ।

Leave a Reply