कलैया,कलैयाको मुख्य बजारमा लगातर छोरी घटना हुन थालेका छन । गत मंगलवार र बुधवार बजार क्षेत्रका आधा दर्जन पसलमा चोरी भएको हो । चोरीका घटनाले स्थानीय व्यापारीहरुमा आतंक फैलाएको छ भने बजारको शान्ति सुरक्षामा गम्भीर प्रश्न उठेको छ ।कलैया उपमहानगरपालिका वडा नम्बर १ मा पर्ने यो बजारमा चोरीको घटना बारम्बार हुने गरेको व्यवसायीहरू बताएका छन ।

यसपटक चोर समूहले रातभरमा रिया रेडिमेड, नेहा शु सेन्टर, नन्दलाल पान पसल, विजय जेनरल स्टोर्स, ज्योति जेनरल स्टोर्स र रामचन्द्र साहको चिया पसलमा चोरी गरेको छ । रिया रेडिमेड पसलका सञ्चालक सुनिल कुशवाहाले आफ्नो पसलको शटर फोडेर चोरले सामान चोरी गरेको बताउनुभयो । यस्तै, नेहा शु सेन्टरबाट चोरले एक जोर जुत्ता र चप्पल चोरेको छ । बजार क्षेत्रमै रहेको नन्दलाल पान पसलमा २५ हजार रुपैयाँ बराबरको सामग्री चोरी भएको बताइएको छ । पसलका सञ्चालकका अनुसार, मंगलवार र बुधवार राति समेत पसलमा चोरी भएको थियो । विजय जेनरल स्टोर्सका सञ्चालक विजयले आफ्नो पसलमा एक सातामा पाँच पटकसम्म एक लाख रुपैयाँभन्दा बढीको सामान चोरी भएको बताउनुभयो । ज्योति जेनरल स्टोर्सबाट चोरले करिब १५ हजार रुपैयाँ बराबरको भोला, रजनीगन्धा लगायतका सामग्री चोरी गरेको छ । त्यस्तै रामचन्द्र साहको चिया पसलमा समेत चोरी भएको छ । चोर समूहले पसलको ताला फुटाएर गल्लामा रहेको ४० रुपैयाँ समेत चोरेर लगेका छन् । साहले यसअघि पनि आफ्नो पसलबाट ग्याँस सिलिन्डर चोरी भएको बताउनुभयो । कलैया बजारमा बढ्दो चोरीको घटना नियन्त्रण गर्न बजार क्षेत्रमा नगर प्रहरीको प्रयोग गरेर गस्ती गर्नुपर्ने बताएका छन ।

Leave a Reply