राजकुमार यादव

मौलापुर,मधेश प्रदेशबाट एक मात्र मेयर महिला निर्वाचित भएकी निर्वातमान नगर प्रमुख रीनाकुमारी साहले फेरि मौलापुर नगरपालिकाको चुनावी महोलको चर्चामा हुनुहुन्छ ।

स्थानीय तहको ०७४ मा भएको निर्वाचनमा विजयी हुनुभएकी साहले यसपटक पुनः नेकपा एमालेको तर्फबाट मौलापुर नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिनुभएको हो ।

साहले मौलापुरलाई नयाँ र आधुनिक शहरको रुपमा विकास गर्न ल्याण्डपुलिङ्ग लगायत धेरै काम गर्न बाँकी रहेको र सोही अधुरा योजना पुरा गर्न आफूले फेरि मौलापुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएको जानकारी दिनुभयो । निर्वातमान मेयर साहले मौलापुर नगरलाई आधुनिक शहरको रुपमा परिवर्तन गरी नगरको रुप फेर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

चुनावी प्रचार सभाको अन्तिम दिन सोनरनियाँ बजारमा मंगलवार आयोजित आमसभामा बोल्ने क्रममा साहले आफूले सपना नबाँड्ने तर गर्न सकिने काम कार्यान्वयन गरेर छोड्ने बताउनुभयो । विपन्न र कम आय स्रोत भएका महिला तथा पुरुषको लागि विशेष राहतको प्याकेज ल्याउने उहाँले बताउनुभयो । युवाहरुलाई रोजगारमा केन्द्रीत हुने गरी कार्यक्रमहरु ल्याउने साहले चुनावी सभामा प्रतिवद्धता जनाउनुभयो ।

Leave a Reply