धिरेन्द्र तिवारी
कलैया,बारा प्रहरीले स्थानीय बजारमा नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेका पाँच जनालाई बिहीवार सार्वजनिक गरेको छ । प्रहरीले ६१ हजार नक्कली नोटसहित उनीहरुलाई सार्वजनिक गरेको हो ।प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका ७ स्थित जीतपुर बजारमा नक्कली नोट लिएर कारोबार गरिरहेको सूचना पाएपछि प्रहरी एक जनालाई पक्राउ परेको थियो । पक्राउ परेका व्यक्तिको बयानका आधारमा थप चार जना पक्राउ परेका हुन् ।
बाराका प्रहरी नायब उपरीक्षक एव्म प्रवक्ता दधिराम न्यौपानेका अनुसार सर्लाही चन्द्रनगर गाउँपालिका वडा नम्बर ३ का ४४ वर्षीय रामचन्द्र महतो कोईरी, बारा परवानीपुर गाउँपालिका वडा नम्बर ५ का सुमित साह, सन्तोष पटेल, वीरगन्ज महानगरपालिका वडा नम्बर १० बिशालकुमार श्रीवास्तव र निरज श्रीवास्तव नक्कली नोटको कारोबार गरेको आरोपमा पक्राउ परेका हुन् ।उनीहरुको साथबाट भारतीय सिमकार्डसहितको सात थान मोबाइल समेत बरामद भएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।


















