यो देशका ठूलो लगानी गरेर उदाएका राजनीतिक दलहरुको अवस्था त दयनीय बन्दै गयो भने क्षणभरमा उदाएका दलको के अर्थ भन्नेहरुको संख्या नेपाली समाजमा कम छैन ।
नेपालमा मात्र होइन बिश्वमा नै बिस्तारै अध्ययन गरेको खण्डमा यस्तै देखिन्छ । नेपालमा चैं यो परिघटना ताजा नै छ । नेपाली काँग्रेसले अरुभन्दा अलि बढी हालीमुहाली यो देशमा गरेको छ तर अन्य दलहरुले भने दुई दशकभन्दा लामो समय खासै हालिमुहाली गर्न पाएका छैनन् । मुख्यतः एमाले र माओवादी भन्ने पार्टीले दुई दशक मात्र लगभग यो देशको शासन सत्तामा रहेका थिए तर उनीहरुले अपजस भने धेरै व्यहोर्न परेको छ ।

दुई दशकमा नै जनता अघाउनु राम्रो कुरा हुदै होइन । यिनीहरु ठूलो लगानी गरेर राजनीतिमा आएका हुन् । रातारात भाइरल भएर वा सामाजिक संजालको प्रयोगबाट पनि उदाएका होइनन् तर यिनीहरुको भविष्य लामो रहेन अब राष्ट्रिय स्वतन्त्र पार्टी भन्नेले फेरि अहिले देश कब्जा गरेको छ । न राजनीतिक एजेण्डा, न त बिचार न त केही न केही हावाको भरमा चुनावमा लगभग दुई तिहाइ आयो ।

उसैले विश्वास नगरेको सिट आएपछि अहिले पदका लागि मारामार छ । हिजो रवि लामिछानेले पदका लागि राजनीति नगरेको र नगर्ने कुरा गरिरहँदा आज वीरगञ्जमा देखिएको ताण्डवले रास्वपाको भविष्य लामो देखिदैन अनि प्रधानमन्त्रीको पदमा रहेका व्यक्तिको कुरा छत छदैछ । पदकै ख्याल छैन अनि यस्तो जात्राले कहिलेसम्म जनताले यो रास्वपा भन्ने पार्टीलाई बोकेर हिँड्लान् र ? एकाध दिनपछि त यिनीहरुको यस्तै रबैया हुने हो भने खतरनाक तरिकाले पत्तासाफ हुने देखिन्छ ।

काठ लिलाम बिक्री सम्बन्धि १५ दिने सूचना
तेस्रो पटक प्रकाशित मिति : २०८३।०२।२५ गते
यस श्री जनमुखी सामुदायिक वन उपभोक्ता समूह, निजगढ़ न.पा– ११ रतनपुरी बारामा उत्पादन भइ बिक्री हुन बाँकी रहेको विभिन्न प्रजातिको लट नं. ४ र ५ को गोलिया काठ थान ४० को ६५१.७५ क्वूफिट काठ लिलाम बिक्री गर्नुपर्ने भएकोले तेस्रो पटक यो सूचना प्रकाशित गरिएको छ ।यो सूचना प्रकाशित मितिले १५ दिनभित्र वन समूहको कार्यालय वा डिभिजन वन कार्यालय सिमरामा सम्पर्क गरी बोलपत्र खरिद गर्नुहुन इच्छुक व्यक्ति वा फर्मलाई जानकारी गराइन्छ ।थप जानकारीको लागि समूहको कार्यालय निजगढ नगरपालिका ११, रतनपुर बारामा सम्पर्क गर्न सकिने छ ।
सम्पर्क नम्बर : ९७६३५५१७१३ र ९७६६३६३३४७

Leave a Reply