काठमाण्डौ – नेपाली कांग्रेसको नाराबाजी र होहल्लाकै बीच आउँदो आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ । यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आउँदो वर्षको नीति तथा कार्यक्रम आइतवार सामान्य छलफलपछि प्रतिनिधिसभाबाट पारित भएको हो ।त्यसअघि नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले १५ गतेसम्म सदनको अवरोध हट्नेगरी छलफल भइरहेको बताउनुभएको छ ।
















