नेपालमा लागु औषधको  उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको छ । यद्यपि यही बीचमा तराई मधेसमा कुनै समय  मुख्य आम्दानीको रुपमा गाँजा  र अफीमको उत्पादन हुने गर्दथ्यो अहिले पनि लुकीलुकी यसको खेती हुने त गरेको छ तर विगतको तुलनामा भने निक्कै कम छ । नेपालको सदनमा समेत बेला बेलामा गाँजा खेतीको विषयमा बहस हुने गर्दछ । त्यसो त बारा र पर्साका प्रहरीको तथ्यांक हेर्ने हो भने लागु औषधका कारोबारहरु सबैभन्दा धेरै पक्राउ परेका छन् । हुन त अन्य लागु औषध र गाँजाको कुरा फरक हो । अन्य लागु औषध त खुला गर्ने कुरा अएन तर गाँजाको विषयमा चैं बहस हुन आवश्यक छ ।
युरोपका कयौं देशमा गाँजा खुला छ । दक्षिण एसियाकै केही देशले त गाँजा बिक्री गरेर देशको आर्थिक अवस्थामा सुधार मात्रै गरेका छैनन्, उनीहरुले आफ्ना नागरिकहरु पनि पालिरहेका छन् । बारा प्रहरीले भर्खर निजगढबाट भारी मात्रामा गाँजा बरामद गरेको छ । प्रहरीलाई समात्न आदेश दिएपछि उसले कानुनको कार्यान्वयन गर्न पर्यो नै त्यसमा पनि आपत्ति भएन ।
तर, नेपालमा अब गाँजा खेतीका विषयमा भने बहस र समीक्षा हुन आवश्यक छ । देशको आर्थिक अवस्थामा सुधार हुन्छ भने यसको उत्पादन गर्दा पनि राम्रो नै होला । नेपालीहरुले आफूले खानका लागि गाँजाको व्यापार पनि गरिरहेका छैनन् । गाँजा हालका लागि कानुन विपरितको कार्य भए पनि यो एक किसिमको व्यापार नै हो । यसले देशलाई अनि व्यक्तिलाई अबैद्य नै भएपनि फाइदा चैं गरेको छ ।

Leave a Reply