सिमरा,माछापुच्छे« बैंकले आफ्नों तलबी खातामा रहेको बिमा सुबिधा अन्तर्गत ग्राहकले प्राप्त गर्ने बीमा रकम भुक्तानी गरेको छ ।

बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता रहेका उमाकान्त चौधरीको परिवारलाई बीमा सुविधा अन्तर्गत रु सात लाख रकम भुक्तान गरेको हो । चौधरीको दुर्घटनाबाट मृत्यु भएपछि परिवारले दावी गरेको दुर्घटना बीमा रकम बैंकले मृतकको परिवारलाई बुझाएको हो ।

बैंकले यसअघि पनि विभिन्न समयमा आफ्नों स्मार्ट तलब बचत खाता अन्र्तगत बीमा रकम भुक्तान गर्दै आइरहेको बैंकका सिमरा शाखा प्रमुख रोशन न्यौपानेले बताउनुभयो ।

माछापुच्छे« बैंकले शून्य न्यूनतम मौज्दातमा खोल्न मिल्ने स्मार्ट तलब खातामा ग्राहकहरुलाई .७ लाखसम्मको दुर्घटना बीमा, १ लाख बराबरको जटिल प्रकृतिको रोगको उपचार खर्च, ४० हजारसम्मको अस्पताल भर्ना खर्च र १० हजारसम्मको औषधी उपचार खर्च जस्ता सुविधाहरु प्रदान गर्दै आईरहेको प्रमुख न्यौपानेले बताउँनुभयो ।

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ वटा एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा, २०७ एटिएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आइरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here