कृपा संवाददाता
वीरगन्ज, २० बैशाख । पर्सामा रहेको मनोज ग्याँस उद्योग प्रालीले व्यवसायिक सामाजिक जिम्मेवारी निर्वाह गर्दै वीरगन्जको एक सामुदायिक विद्यालयमा चेक हस्तानतरण गर्नुभएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गर्दै उद्योगका संचालक मनोज कुमार दासले वीरगन्ज महानगरपालिका वडा नं. २१ स्थित रहेको श्री नेपाल राष्ट्रिय गीता गजेन्द्रराज जोशी माध्यमीक विधालय सुखचैनामा निजी श्रोतमा कार्यरत एक शिक्षिकाको एक वर्ष बराबरको पारिश्रमिक उपलब्ध गराएको छ ।

विधालयमा निजी श्रोतमा कार्यरत शिक्षिका उमावती देवीको एक वर्षको पारिश्रमिक मनोज ग्याँस प्रालिका संचालक दासले विधालयमै गएर उपलब्ध गराउनुभयो । मनोज ग्यास उद्योग प्रालीका संचालक दासले विधालयमा शिक्षकको अभावका कारण विधार्थीलाई पठनपाठन प्रभावित हुने गरेकाले विद्यालयलाई आर्थिक सहयोग गरेका जानकारी दिनुभयो । उद्योगका संचालक दासले विद्यालयका प्रधानाध्यापक अरविन्दकुमार लाललाई १ लाख ४४ हजार रुपैयाँँ बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष राधा कृषण रौनियारका अनुसार यस क्षेत्रमा स्थापना भई संचालन रहेका उद्योग तथा कलकरखानाले सामाजिक कार्यका हातोमालो गर्दै अगाडी बढ्ेको जानकारी दिनुभयो । उद्योगी व्यपारीहरुले यस वडा भित्र रहेका शिक्षा तथा स्वास्थ्य जस्तो संवेदनशिल कार्यका सहयोग गर्दै आईरहेको जानकारी दिनुभयो ।
वडा अध्यक्ष रौनियारले उद्योगी व्यवसायीले सामाजिक कार्यमा गरेको सहयोगको प्रशंसा गर्नुभयो । साथै उनले आगामी दिनमा पनि सामाजिक कार्यमा सहकार्य गर्दै समाज रुपान्तरणका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । यसअघिपनि मनोज ग्यास उद्योग प्रालीले एक जना शिक्षकको सहयोगकै लागि एक १ लाख ४४ हजार रुपैयाँ उपलब्ध गराएको थियो । विद्यालयमा शैक्षिक जनशक्ति अभाव हुने र पठनपाठनका लागि निजी श्रोतबाट जनशक्तिको व्यवस्थापन गर्नुपर्ने भएकाले सहयोगको खाँचो परेको वडा अध्यक्ष रौनियारले बताए ।
कार्यक्रममा विधालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष जितेन्द्र प्रसाद कुर्मी , नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मधेश प्रदेशका अध्यक्ष दुष्यन्त चौधरी , नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का , मनोज ग्यासका कर्मचारी चन्दन दास , संजय चौधरी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन विधालयका सहायक प्रधानाध्यापक सुनिल कुमार झाले गर्नुभएको थियो । भने कार्यक्रमको अध्यक्षता वीरगन्ज महानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष रौनियारले गर्नुभएको थियो ।



















