कलैया, २४ भदौँ– एक साताअघि १ क्विन्टल ८० केजी गाँजासहित नियन्त्रणमा लिइएको कारका फरार चालक पनि पक्राउ परेका छन ।

ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक बालिष्ट सिंह नेत्वको टोलीले कोल्हवी नगरपालिका वडा नम्बर– ५ सोनाभार बस्ने २३ वर्षिय शन्नी भनिने कार चालक गौरीशंकर चौधरीलाई मंगलबार नियन्त्रणमा लिएको । उनलाई बारा र रौतहटको सिमानामा पर्ने विजयपुर इलाकाबाट बिहान ९.३० बजे नियन्त्रणमा लिइएको निरीक्षक सिंहले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीको टोलीले एक साताअगाडि कोल्हवी नगरपालिकाको वडा नम्बर– ९ स्थित श्रीपुरबाट जिल्लाको सिम्रौनगढतर्फ लैजादै गरेको अवस्थामा १ क्विन्टल ८० केजी गाँजासहित प्रदेश नम्बर ३, ०२२ च ८१३४ नम्बरको डटसन कार नियन्त्रणमा लिएको थियो । तर त्यतिबेला कार छोडेर चालक भने फरार बनेका थिए । प्रहरीले कारभित्र प्लाष्टिकले बेरेर पोका पारिएको २० केजीको ७ र १० केजीको ४ पोका गरी जम्मा ११ पोकाबाट १ सय ८० केजी गाँजासहित कार नियन्त्रणमा लिएको हो ।

मोवाइल फोनको कल डिटेलको आधारमा पिछा गदै जाने क्रममा कार चालक चौधरीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुयो । पक्राउ परेका चालक चौधरीलाई आवश्यक अनुसंधानको लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको निरीक्षक सिंहले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here