कलैया,टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ ।बाराका अनिलकुमार साहलाई समेत समावेश गरेर नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकप क्रिकेट खेल्ने नेपालको १५ सदस्यीय राष्ट्रिय टोली बुधवार घोषणा भएको हो ।
टोलीमा साहसंगै रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललितनारायण राजवंशी, अभिनाश बोहोरा, कमलसिंह ऐरी र सागर ढकाल रहेका छन् ।

दुई वर्षसम्म राष्ट्रिय टिमबाट बाहिर रहेका साह गत माघमा सम्पन्न क्यानडाविरुद्धको सिरिजबाट टिममा फर्किएका थिए । प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका साहलाई क्यानले क्यानडाविरुद्धको सिरिजमा टोलीमा राखेको थियो ।
उक्त सिरिज अन्तर्गत क्यानडाविरुद्धको एक दिवसीय खेलमा १९ बलमा साहले किर्तिमानी अर्धशतक र एक शतक प्रहार गरेका थिए । त्यसलगत्तै उनि नामिबिया र नेदरल्याण्डविरुद्धको आइसीसी लिग २ त्रिकोणात्मक सिरिजमा परेका थिए ।
नेपाली टोलीले आगामी महिना अमेरिका र वेस्ट इण्डिजमा हुने विश्वकप क्रिकेट खेल्नेछन् । विश्वकप क्रिकेटको समूह डीमा रहेको नेपाली टोलीले जुन ४ तारिखमा नेदरल्याण्डविरुद्ध पहिलो खेल खेल्नेछ ।समूह चरणको अन्य खेलमा नेपालले १२ जुनमा श्रीलंका, १५ जुनमा साउथ अफ्रिका र १७ जुनमा बंगलादेशसंग भिड्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here